• श्रावण १० २०८३, आईतवार

युक्रेनको मारियुपोलको सहरी क्षेत्र पूर्ण नियन्त्रणमा रहेको रुसको दाबी

बैशाख ४ २०७९, आईतवार

मस्को। पूर्वी युक्रेनको मारिउपोल सहरको सम्पूर्ण सहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ। रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले उक्त जानकारी दिएका हुन्। उनले यो अवधिमा १ हजार ४ सय ६४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको समेत बताए।

आजोभ सागरको एक प्रमुख बन्दरगाह सहरको रूपमा मारिउपोल रूस-युक्रेन द्वन्द्को सबैभन्दा खराब हिंसाको साक्षी बनेको छ। यता युक्रेनी रक्षा मन्त्रालयले शुक्रबारद रुसी सेनाले सहरलाई घेराबन्दी गरेको झण्डै सात हप्तापछि पनि मारियुपोलमा युक्रेनी सेना रुसीहरूसँग लडिरहेको जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारियुपोलमा रहेका युक्रेनी सेना हटाए रुससँग जारी कुनै पनि प्रकारको वार्तालाई अन्त्य गर्ने चेतावनी दिएका छन्।