• फाल्गुन २६ २०८२, मंगलवार

मारिउपोलमा एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

चैत्र ३० २०७८, बुधबार

काठमाडौँ। एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबारले जानकारी दिएको छ।

ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए।

मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।