• फाल्गुन २६ २०८२, मंगलवार

पाकिस्तानका प्रधानमन्त्री खान अल्पमतमा, अविश्वास प्रस्तावमा आज मतदान हुँदै

चैत्र २० २०७८, आईतवार

काठमाडौँ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुँदै छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास प्रस्तावमा मतदान हुनेछ ।

सत्ता गठबन्धनका दल नै प्रधानमन्त्री खानको विपक्षमा उभिएपछि उनी संकटमा परेका छन् । अल्पमतमा परे पनि उनले राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताएका छन् । अहिलेसम्म खानको पक्षमा १४२ र विपक्षमा १९९ सांसद देखिएकाले गणितीय हिसाबमा उनी पदमुक्त हुने निश्चित रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी इमरान खानले पाकिस्तानको प्रधानमन्त्री पद सन् २०१८ को अगष्टदेखि सम्हालिरहेका छन् । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।