• फाल्गुन २६ २०८२, मंगलवार

तटस्थ हैसियतबारे छलफल गर्न हामी तयार छौं : राष्ट्रपति जेलेन्स्की

चैत्र १४ २०७८, सोमबार

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन्।

तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्ने उनको भनाइ छ।

स्वतन्त्र रुसी पत्रकारसँगको अन्तवार्तामा उनले सो भनाइ राखेका हुन्। अन्तवार्ताको समयमा उनले रुसी भाषामा सम्बोधन गरेका थिए।

युक्रेन र रुसबीचको अर्को चरणको वार्ता यसै साता टर्कीमा हुने भएको बीबीसीले जनाएको छ । यसअघि रुस र युक्रेनबीच विभिन्न चरणमा भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए।

यसैबीच, युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख काइरयलो बुदनोभले रुसले ‘युक्रेनमा उत्तर र दक्षिण कोरिया’ सृजना गर्न लागेको आरोप लगाएका छन्।