काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। बिहीबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।