• मंसिर ८ २०८१, शनिबार

चुनावको मुखमा दर्जन बढी युवा माओवादीमा प्रवेश

चैत्र १० २०७८, बिहीबार

कालीकोट । सरकारले घोषणा गरेको स्थानीय चुनाव नजिकिंदै जाँदा विभिन्न पार्टीबाट नेकपा (माओवादी केन्द्र)मा पार्टी प्रवेश गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको छ ।

जिल्लाको खाँडाचक्र नगरपालिकामा १६ जना युवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सदरमुकाम मान्मका गोविन्द गुरुङको नेतृत्वमा रहेको उक्त समूहका विभिन्न पार्टीसँग आस्था राख्ने युवाहरुमा लक्ष्मण शाही, हिरा सिंह, राकेश शाही, कमल शाही, भरत बम, जगदिश शाही, तपेन्द्र शाही, उमेश ऐडी, महनसिंह ऐडी, वसन्त बोहोरा, अंकितचन्द्र ठकुरी, ओमप्रकाश विष्ट, निराजन बुढा, कमल बम लगायत माओवादीमा प्रवेश गरेको बताइएको छ ।

नवप्रवेशीहरुलाई माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मी चौलागाई (शैलेन्द्र), कर्णाली प्रदेश समिति सदस्य तथा निर्वाचन क्षेत्र (क) का इन्चार्ज गंगा खड्का (विरोध) लगायतका नेताले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

नवप्रवेशीलाई स्वागत गर्दै जिल्ला संयोजक चौलागाईंले अबको परिर्वतन युवाहरुको हातमा रहेको बताउँदै त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने दावी गरे ।

युवाहरुले सही ढंगले समाजको निम्ति लागि पर्ने बेला आएको भन्दै उनले यसबेला राष्ट्रका लागि समय दिनु पर्ने भएकाले गम्भिर भएर राजनैतिक, साँस्कृतिक र सामाजिक परिर्वतनमा लाग्नु पर्ने बताए ।