• बैशाख ९ २०८२, मंगलवार

प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दै

चैत्र १० २०७८, बिहीबार

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले देशको ऊर्जा संकट टार्नका लागि शुक्रबारदेखि भारतसँग अति नै महँगो मूल्यमा विद्युत् खरिद गर्ने भएको छ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणले आजदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्न लागेको जानकारी दिए।

‘अब हामी शुक्रबारदेखि नेपाली ३८ रुपैयाँ प्रतियुनिटमा भारतको बिजुली किन्छौँ। आजै राति १२ बजेर १५ मिनेटमा हाम्रो सिष्टम नर्मल भएपछि सात हजार मेगावाट आवर बिजुली किन्छौँ। हामी सात हजार मेगावट प्रतिघण्टा बिजुली ३८ रुपैयाँमा किन्दैछौँ’, उनले भने, ‘

भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो ।