• मंसिर १४ २०८१, शुक्रबार

दोहोरो अंकले घट्यो नेप्से, २ कम्पनीको शेयरमा सर्किट

चैत्र ६ २०७८, आईतवार

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

परिसूचक १४ दशमलव ६७ अंक घटेर २ हजार ६१६ दशमलव ५८ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२४ ओटा धितोपत्रको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयरको ३५ हजार २१२ पटकमा रू. २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९० बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २२४ धितोपत्र मध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । राष्ट्रउत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ६२५ दशमलव ९० र इमर्जिङ्गको रू. ५१९ दशमलव ८० पुगेको छ ।

त्यसैगरी, आइतवार सबैभन्दा बढी मैलुङखोला जलविद्युत कम्पनीको शेयरमूल्य ३ दशमलव ७६ प्रतिशत घटेको छ । शेयरमूल्य प्रतिकित्ता रू. ६६६ मा झरेको हो । दोस्रोमा शिवश्री हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव ३१ प्रतिशत घटेर रू. ३६२ दशमलव ६० कायम भएको छ ।

त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको रू. १६ करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
त्यसैगरी दोस्रोमा जीवन विकास लघुवित्तको रू. १३ करोड ४२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लगानी समूहको परिसूचक १ दशमलव ६६ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको हो ।

समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव ४७ प्रतिशत, व्यापार समूहको १ दशमलव ६४ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव ९६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव १७ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ४२ प्रतिशत, वित्त समूहको १ दशमलव १७ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य ९ प्रतिशत, अन्य समूहको १ दशमलव ४३ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ११ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ३७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव ८३ प्रतिशतका दरले घटेको हो ।