• मंसिर १३ २०८१, बिहीबार

बैंकका कर्मचारीबाट साइकल प्रयोगमा जोड

चैत्र २ २०७८, बुधबार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीबाट साइकल प्रयोगमा जोड दिएको छ ।

विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले नेपालमा समेत इन्धनमा भएको मुल्यवृद्धिको चपेटामा परेको हुँदा बढ्दै गएको ईन्धन खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ कर्मचारीबाट साइकल प्रयोगमा जोड दिएको जनाएको छ ।

समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा साईकलको प्रयोग गर्न तथा हिंडेर कार्यालय आवत जावत गर्न उत्पे्ररित गरेको छ ।

बैंकले इन्धन खपत घटाउने उद्देश्यले नै सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीहरुलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।