काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा १८ सयले घटेर प्रतितोला एक लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।
यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।