• मंसिर १३ २०८१, बिहीबार

ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि आजको शेयर कारोबार बन्द

फाल्गुन ३० २०७८, सोमबार

काठमाडौँ। ब्रोकर डाटा सेन्टरमा देखिएको समस्या समाधान नभएपछि आज सोमबारका लागि शेयर कारोबार बन्द भएको छ ।

डाटा सेन्टरको समस्याका कारण दिउँसो १२ बजेर ५३ मिनेटदेखि शेयर कारोबार रोकिएकोमा समस्या समाधान गरेर बेलुका भए पनि बजार खोल्ने नेप्सेको तयारी थियो । तर डाटा सेन्टरमा देखिएको समस्या पत्ता नलागेको र समस्या समाधानमा थप समय लाग्ने भएकाले आजका लागि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।

कारोबार रोकिनुअघिआज नेप्से शून्य दशमलव १५ अङ्कले बढेको थियो । जसमा २३ लाख ४९ हजार कित्ता शेयर एक अर्ब ३४ करोड २२ लाख रुपैयाँमा कारोबार भएकाे छ ।
हिजो आइतवार नेप्से एक सय एक अङ्कले बढेको थियो ।