• चैत्र १ २०८१, शनिबार

फेरि बढ्यो ब्रोइलर कुखुराको मासुको मूल्य

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौँ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य फेरि बढाएको छ । दानाजन्य कच्चा पदार्थको मूल्य निरन्तर बढेको जनाउँदै संघले यसअघि बढाएको चार दिन नबित्दै फेरि मूल्य बढाएको हो

यसअघि २ सय ९० रुपैयाँ तोकेको मासुको मूल्य शुक्रबारदेखि थप १० रुपैयाँ बढाएर प्रतिकिलो ३ सय रुपैयाँ पुर्‍याइएको संघका सचिव देवकुमार गिरीले बताए ।रुस युक्रेन युद्धकै कारण दानाको कच्चा पदार्थ भाउ अत्याधिक बढेको उनले बताए ।

यसअघि माघ २३ गते प्रतिकिलो जिउँदो ब्रोइलरको मूल्य २ सय ४० रुपैयाँ थियो । त्यसपश्चात मूल्य निरन्तर बढेको छ । संघले फागुन ६ गते मूल्य बढाएर २ सय ६० रुपैयाँ, फागुन १४ गते फेरि बढाएर २ सय ७० रुपैयाँ पुर्‍याएको थियो । फागुन १८ गते २ सय ८० रुपैयाँ, २३ गते २ सय ९० पुर्‍याइएको थियो ।

जिउँदो ब्रोइलरको मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि उच्च कायम भइरहेको छ । व्यवसायीका अनुसार काठमाडाैं उपत्यकामा तयारी मासुको खुद्रा मूल्य प्रतिकिलो ४ सय ३० रुपैयाँ हाराहारीमा बिक्री भइरहेको छ ।