• फाल्गुन २६ २०८२, मंगलवार

विना निष्कर्ष सकियो रुस र युक्रेनका विदेश मन्त्रीबीचको वार्ता

फाल्गुन २६ २०७८, बिहीबार

किभ । टर्कीको अन्टाल्यामा रुस र युक्रेनका विदेश मन्त्रीबीचको वार्ता विना निष्कर्ष सकिएको छ ।

रुसी विदेश मन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाबीच आज बिहीवार विना निष्कर्ष वार्ता सकिएको जनाइएको छ ।

वार्तापछि बोल्दै रुसी विदेश मन्त्री लाभरोभले रुस युक्रेनमा मानवीयताको रक्षार्थ तयार रहेको पुरानै दाबी दोहोर्‍याएका छन् । उनले युक्रेनले कसैकाे उक्साहटमा नलागी आफ्नो निर्णय आफैँ गरोस् भन्ने रुसी चाहना रहेको बताएको खबरमा उल्लेख छ ।