काठमाडौं । फागुन २४ गते मंगलबार बैकिङ्ग सेवा बन्द हुने भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार भोलि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका हुन् ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।