काठमाडौं । सरकारले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा मतपत्र लगायतका निर्वाचन सामग्री हेलिकप्टरबाट पनि ढुवानी गरिने भएको छ ।
सडक नपुगेका क्षेत्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्न लागिएको हो । त्यसका लागि निर्वाचन आयोगले फर्म तथा कम्पनी सूचीकृत गर्नसमेत आग्रह गरेको छ । हेलिकोप्टर भाडामा लिन करिब ३ करोड खर्च हुनेछ ।
यस्तै ट्रक र कन्टेनर भाडामा लिन एक करोड तथा कुरियर सेवाका लागि ३० लाख खर्च हुने बताइएको छ ।
आयोगले पछिल्लो तीन आर्थिक वर्षको न्यूनतम औसत वार्षिक कारोबार रकमलाई आधार मानेर इच्छुक फर्म तथा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको छ । २०७९ वैशाख ३० मा एकैचरणमा स्थानीय चुनाव हुँदैछ ।