• फाल्गुन २६ २०८२, मंगलवार

पाकिस्तानमा मस्जिद नजिकै बम विस्फोट,३० जनाको मृत्यु ५६ जना घाइते

फाल्गुन २० २०७८, शुक्रबार

इस्लामाबाद । पाकिस्तानमा मस्जिद नजिकै भएको बम विस्फोटनमा ३० जनाको मृत्यु भएको छ। अधिकारीले अरू ५६ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्।

घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले अनुमान गरेका छन्। देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने पेशावर शहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ। विस्फोटको सूचना पाउनेबित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।

प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो। सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूले घटनामा पीडित भएकालाई तत्कालै उद्धार गरेर स्थानीय विभिन्न अस्पताल लगेका थिए।एजेन्सी