• फाल्गुन २६ २०८२, मंगलवार

विष्फोटका कारण एस्टोनियाको जहाज डुब्यो, रुसमाथि आशंका

फाल्गुन २० २०७८, शुक्रबार

रुस–युक्रेन बीच युद्ध चलिरहँदा युक्रेनको समुद्री तटमा बम विस्फोटपछि एक मालवाहक जहाज डुबेको छ । यो जहाज एस्टोनियाको हो र उनीहरुले नै यसबारे जानकारी दिएका हुन् ।

विस्फोट कसरी भयो भनेर कुनै जानकारी भने प्राप्त हुन सकेको छैन । जहाजमा चालक दलका दुई सदस्य र चार अन्य जना रहेको युक्रेनको स्थानीय राहत सेवाले बचाएको छ ।

यो जहाजको मालिक एस्टोनियास्थित कम्पनी विस्टा शिपिङ एजेन्सी हो । एस्टोनिया एक बाल्टिक देश हो र नेटोको सदस्य पनि हो । यसको सीमा रुससँग जोडिन्छ । यो जहाज थुप्रै दिनअघि चोरनोमोर्स्कको दक्षिणी बन्दरगाहबाट निस्किएपछि ओडेसाको निकट युक्रेनको तटमा उभिएको थियो ।

युक्रेनको सेनाका अनुसार रुस ओडेसामाथि कब्जा गर्न चाहन्छ । यसका लागि थुप्रै विशेष ल्यान्डिङ जहाज त्यहाँ पठाइरहेको छ । करिब १० लाखको जनसंख्या भएको ओडेसा एउटा ठूलो समुद्री बन्दरगाह हो ।