• मंसिर ९ २०८१, आईतवार

रुसद्धारा युरोपकै सबभन्दा ठूलो ऊर्जा केन्द्रमा आगलागी

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं । युरोपको सबैभन्दा ठूलो जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको छ । केन्द्रका भवन र एकाइहरूमा लगातार गोलाबारी भएको त्यहाँका मेयर दिमिट्रो ओर्लोभले बताएको बीबीसीले जनाएको छ ।

मेयर ओर्लोभले यसअघि दक्षिणपूर्वमा रहेको आफ्नो सहरको बाहिरी भागमा युक्रेनी र रुसी सेनाबीच भिडन्त भएको बताएका थिए ।

ट्याङ्कसहित सहरमा प्रवेश गरी रुसी सेनाले प्लान्ट कब्जा गर्ने प्रयास गरेका थिए तर बुधवार प्लान्ट र यसको वरपरका सडकहरूमा बासिन्दा र कामदारहरू भेला भएका थिए ।

युक्रेनमा जापोरिज्जिया सहित चारवटा सक्रिय परमाणु केन्द्रहरू रहेका छन् ।