काठमाडौं । रुसी सेनाले युक्रेनीमाथि विस्फोटक पदार्थ र भ्याकुम बमले हमला गरेको समाचार छ । अमेरिका समर्थक युक्रेनसितको युद्ध तीव्ररुपमा चलिरहेका बेला रुसले भ्याकुम बम प्रहार गरेको लगाइएको हो ।
यता मानव अधिकारवादी समूह र संयुक्त राष्ट्रसंघका लागि युक्रेनी दूतले यस्तो आरोप आरोप लगाएका हुन् । रुसी सेनाले प्रतिबन्धित क्लस्टर प्रयोग गरेको एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले जनाएको छ ।
अमेरिकी संसदका सदस्यहरुसँग भेट गरेपछि राष्ट्रसंघका लागि युक्रेनका दूत ओकसान मार्कारोभाले रुसले घातक भ्याकुम बम प्रयोग गरेको दाबी गरेका छन् ।
‘उनीहरुले आज भ्याकुम बम प्रयोग गरे । रुसले युक्रेनमा ल्याउन खोजेको विनाश ठूलो छ,’ उनले भने । थर्मोव्यारिक हतियारसमेत भनिने यस बमले वरपरको वातावरणको अक्सिजन चुस्छ र उच्च तापक्रममा विस्फोट हुन्छ ।
परम्परागत विस्फोटक पदार्थको तुलनामा यसले लामो अवधिको ब्लास्ट वेभ उत्पन्न गर्छ र मानव शरीर वास्पिकरण गर्न सक्छ ।