• फाल्गुन २६ २०८२, मंगलवार

मस्कले क्यानडेली प्रधामन्त्रीलाई हिटलरको संज्ञा दिएपछि

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौं । स्पेस एक्स तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरेपछि पश्चिमा जगतमा यसले ठूलो हलचल ल्याएको छ ।

हाल क्यानडामा सरकारले ल्याएको अनिवार्य कोभिड खोप प्रावधानका विरुद्धमा जारी ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गर्दै मस्कले ट्वीटरमार्फत् ट्रुडोको आलोचना गरेका हुन् ।

७ करोड ४० लाख फलोअर्स भएका मस्कको आलोचनाले ट्विटरमा आँधीहुरी ल्याएको थियो । क्यालिफोर्नियाको स्थानीय समयअनुसार बुधारबार मध्यरातमा ट्वीट गरेका मस्कले बिहीबार सो ट्वीट हटाएका थिए ।

यसभन्न्दा अघि टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कले जनवरीको अन्त्यतिर गरेको एउटा ट्वीटमा क्यानडाको ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गरेका थिए ।

अहिले पनि सरकारले ल्याएको अनिवार्य कोभिड खोप प्रावधानको विरोधमा क्यानडामा ट्रक चालकहरुले केही सातादेखि आन्दोलन गरिरहेका छन् ।

आन्दोलन जारिरहेकै बेला सरकारले आन्दोलनमा सहभागी हुनेको बैंक अकाउन्ट रोक्का गरिदिने चेतावनी दिएको छ ।

(एजेन्सीको सहयोगमा)