काठमाडौं । भागबण्डा नमिलेका कारण गुल्मीमा एक महिनासम्म राष्ट्रिय भूमि आयोगले पूर्णता पाउन सकेको छैन । आयोगको अध्यक्षमा राममल्ल ठकुरी नियुक्त भए पनि अन्य पार्टीबाट सहभागी हुने सदस्यको टुंगो लाग्न नसकेका कारण आयोगले पूर्णता पाउन नसकेको हो ।
ठकुरी एकीकृत समाजवादीबाट अध्यक्ष भए । तर, अरु तीन सदस्य केन्द्रबाट मनोनित भएका छैनन् । बाँकी सदस्य अझै मनोनित नभएकाले पदेन सदस्यको सहयोगमा ठकुरीले अयोगको काम अघि बढाएका छन् ।
कम थालनीगरिए पनि अघिल्लो आयोगबाट सबै कागजपत्र र प्रमाण हस्तान्तरण भैसकेको भने छैन । तर पनि ठकुरीले सदस्य मनोनित हुने बित्तिकै महत्वपूर्ण काम अगाडि बढाउने तयारीमा आफू रहेको बताएका छन् ।
हालसममका दिनमा राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता, कोभिड तथा सदस्यको मनोनयनसहित बजेट नभएकाले पनि केही अलमल भएको उनले स्वीकार गरेका छन् ।
गुल्मीमा हाल ४ सय ३५ भूमिहीन दलित, तीन सय ९० जना सुकुम्बासी र एक हजार चार सय ४४ जना अव्यवस्थित बसोबासीको तथ्यांक संकलन भैसकेको छ ।