• मंसिर १३ २०८१, बिहीबार

डिजिटल नेटवर्किङमा नजोडिन तथा जोडिएको भए तत्काल छोड्न अर्थमन्त्री शर्माको आग्रह

माघ २० २०७८, बिहीबार

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले गैर कानुनी डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् ।

बिहिबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले बताए । गैर कानुनी गतिविधि नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न आग्रह गर्दै अर्थमन्त्री शर्माले कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत अनुरोध गरे ।

अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र पहिचानको मुद्दा स्थापित गराउने विषयलाई आगामी निर्वाचनको एजेण्डा बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।