• बैशाख १७ २०८२, बुधबार

भारतलाई हल्लाउने कुनै शक्ति विश्वमा छैन : प्रधानमन्त्री मोदी

माघ १० २०७८, सोमबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वकै शक्तिशाली मुलुक भएकाे दावी गरेका छन् । उनले अहिलेसम्म भारतलाई हल्लाउने कुनै शक्ति नजन्मिएको जिकिर गरे ।

स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने– ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू, भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’

प्रधानमन्त्री मोदीले भारतको १००औं स्वतन्ता दिवस अघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको पनि सुनाएका छन् । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ’, उनले भने । भारतले करिब २५ वर्षपछि अर्थात् सन् २०४७ मा १०० औं स्वतन्त्रता दिवस मनाउनेछ ।

उनले भारतलाई हालसम्मको स्थिती सम्ममा ल्याउनका लागि सहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले शहीदहरुले देशका लागि अमूल्य जीवन समर्पण गरेको उल्लेख गरेका थिए ।

(एजेन्सी)