• बैशाख १६ २०८२, मंगलवार

काँग्रेस नेतृ देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

पुष १८ २०७८, आईतवार

काठमाडौँ। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता भएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा आइतबार भएको भेटमा दुई देशको सम्बन्ध र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको बताइएको छ।

काँग्रेस नेतृ देउवासँग आइतबार भेट भएको चौथाइवालेले ट्वीटरमार्फत् जानकारी दिएका छन् । नेतृ देउवा निजी भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेकी हुन्।

प्रधानमन्त्री देउवा पुषको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत जान  लागेका हुन्। गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।