काठमाडौँ। भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिस्फोट भएको छ। बिहीबार दिउँसो भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। लुधियाना अदालतको दोस्रो तलाको वासरूममा बिस्फोट भएको थियो। बिस्फोट हुँदा अदालतको पूरा भवन हल्लिएको थियो । भवनका झ्यालकाम सिसा चर्किएका छन् भने पार्किङमा राखिएका कारमा समेत क्षती पुगेको छ।
बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन् । अदालतमा विस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
(एजेन्सी सहयोगमा)