• मंसिर १२ २०८१, बुधबार

भूमिका गिरीको ‘जोडी खुब सुहाउँछ’ गीतको भिडियो बजारमा

मंसिर २५ २०७८, शनिबार

काठमाडौँ । लोकदोहोरी गायिक भूमिका गिरीको पन्चेबाजा गीत ‘जोडी खुब सुहाउछ’ संगीत बजारमा आएको छ ।

गायक भगिरथ चलाउने र भूमिका गिरीको सुमधुर स्वरमा सजिएको ‘जोडी खुब सुहाउँछ’ गीतलाई गायक भगिरथ चलाउनेले सिर्जना गरेका हुन् भने चन्द्र परियारले यसमा संगीत सिर्जना गरेका छन् ।

संगीतकार आशिष अविरलले संगीत संयोजन गरेको सो गीत राग स्टुडियोमा रेकर्ड भएको बताइएको छ भने गीतलाई आवाज मिक्सिङ र रेकर्ड गरेर मनोज परियारले तयार पारेका छन् ।

गीतको भिडियोमा मोडलहरु अर्जुन न्यौपाने र करिश्मा ढकाल, गायक चलाउने र गायिका गिरीले जोडी बाँधेर नृत्य गर्दै भिडियोलाई रोमाञ्चक बनाएका छन् ।

मिलन ढकाल र सीता गिरीले गीतको भिडियोका दृश्यमा बेहुला र बेहुलीको भूमिका गरेका छन् । दुर्गा पौडेलले निर्देशन गरेको सो गीतको भिडियोका दृश्यहरुलाई निर्देशक पौडेल आफैले क्यामरामा कैद गरेका छन् ।

युवा अवस्था पुग्दा घरमा र आफन्तहरुले युवा युवतीलाई बिहे गर्ने हतार भैसक्यो किन ढिला गरेको भनेर सोध्ने गरेको अनि केटा केटीको मायाप्रेम भइसकेको अब छिट्टै बिवाह गर्ने कसरी भन्ने समयको संवादलाई गीतको भिडियोमा समेटिएको छ ।

गीतको भिडियो केटाकेटी दुवैले एकले अर्कालाई मन पराइसकेको जस्तो गरी देखाइएको छ भने उनीहरुलाई तिमीहरुको जोडी खुब सुहाउँछ भनेर गाउँलेलगायत साथीभाइहरुले भनेर जिस्काएको विषयलाई प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा गाउँमा कसैको विवाहमा गएका एकापसमा मन पराउने केटाकेटीहरु त्यै विवाहको माहोलबाट प्रभावित हुँदै गीत गाएको देखाइएको छ ।

गीतमा भनिएको छ, ‘कति मंसिर गइसके खेर, भन्छन् घरमा भइसक्यो अबेर, जुन ताराले, जोडी खुब सुहाउँछ भन्छन् साराले ।’ केटा र केटीको दोहोरीको भाकामा रहेको गीतको भिडियो यस्तो छ ।

                                                                                               हेरौं भिडियो : ⇓