काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।