• जेष्ठ १२ २०८३, मंगलवार

सांसद आरेन राईकाे प्रश्न, सहकारी घोटालाका आरोपित जीबी राई कहिले पक्राउ पर्छन् ?

जेष्ठ १२ २०८३, मंगलवार

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संसदमार्फत सरकारसँग प्रश्नै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा बोल्दै सांसद राईले बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार भन्दै प्रश्न गरेका छन् ।

उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ भन्दै प्रश्न गरेका छन् ।

सांसद राईले सहकारी घोटालाका आरोपित जीबी राई कहिले पक्राउ पर्छन् ? किसानहरुको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले खोटाङ जिल्लामा अलपत्र परेका विकास निर्माणका काम कहिले हुन्छ ? भन्दै सरकारलाई प्रश्न सोधेका छन्।

उनले खोटाङ–भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग, रसुवाघाट पुललगायत, हलेसी सडकको विषय पनि उठाएका छन् । उनले सहकारी पीडितहरुले पैसा पाउनु पर्ने माग गर्दै उनले जनताले तिरेको कर, राज्य कोषबाट तिर्न नमिल्ने बताए ।

उनले भने, ‘सहकारी, बैंकबाट अन्य व्यवसायीहरुले डुबाएको रकम तिरिदिने नीति लिएको हो सरकार ? भन्दै प्रश्न गरेका छन् ।