• जेष्ठ १० २०८३, आईतवार

ट्रम्पले मदुरोलाई झैं राउललाई पनि टपक्क टिपेर लैजान खोजेका छन् : विश्लेषक दाहाल

जेष्ठ १० २०८३, आईतवार

कुमार दाहाल । राउल क्यास्त्रो (Raul Modesto Castro Ruz) क्युुबाली क्रान्तिका मुख्य तीन नेता मध्ये एक हुन् । सन् २००८ देखि २०१८ सम्म क्युबाका राष्ट्रपति पनि हुुन् । १९५७-६०को क्रान्तिले क्युबामा अमिरिकी कठपुतली शासन अन्त्य गरिदिएपछि अमेरिका र क्युबा बीचको सम्बन्ध शत्रुतापूर्ण रहँदै आयो ।

क्युबन क्रान्तिकारीहरुले सामान्यीकरण गर्न खोजे पनि अमेरिकी शासकहरु तयार थिएनन् । बाराक ओबामा राष्ट्रपति भएको समयमा भने दुुई देशको सम्बन्धमा थोरै सुधार आयो । दुबैले अर्को देशमा राजदुतावास खोल्नेसम्मको सहमति पनि गरे । ओबामाले क्युबाको भ्रमण पनि गरे र तत्कालिन राष्ट्रपति राउलसँग भेटवार्ता गरे । तर डोनाल्ड ट्रम्प पहिलो पटक अमेरिकी राष्ट्रपति बनेपछि भने सो सम्बन्ध फेरि बिग्रियो ।

ट्रम्पको दोश्रो कार्यकालको शुरु देखि नै क्युबामाथि आक्रमणको धम्की दिंदै आएको र नाकाबन्दी गरेर औषधिसम्म छिर्न रोकेको कुरा सबैलाई थाहै छ । यतिखेर आक्रमणको बहानाका लागि ३० वर्ष भन्दा पुरानो घटनालाई ब्युँताएर राउलमाथि अमेरिकी अदालतमा मुध्दाको प्रकृया शुुरु गरिएको छ ।

सन् १९९६ मा अमेरिकामा निर्वासित क्युबाली प्रतिक्रान्तिकारीहरुको समूह ‘ब्रदर टु द रेस्क्युु’ ले क्युबाका अपराधीहरुलाई अमेरिका ओसार्न प्रयोग गरिएका दुुई विमान आफ्नो टेरिटोरीभित्र क्युबाली सेनाले खसाल्छ, त्यसमा तीन अमेरिकी सहित चारजना मानिसहरु मारिन्छन् । त्यसबेला क्युबाली सेनाका प्रमुख राउल थिए ।

अन्तर्राष्ट्रिय कानुन र मान्यता अनुसार अमेरिकी शासकहरुले माफी माग्नुपर्ने केश हो यो तर डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासन यही निहूँमा क्युबामा हस्तक्षेप गर्ने योजना बुन्दैछ । क्युबाली क्रान्तिका एकमात्र जिवित नेता ९४ वर्षीय राउल क्यास्त्रोलाई भेनेजुयलाबाट मादुरोलाई उठाए जस्तै उठाउन चाहन्छ ।

यो क्युबाको मात्रै या राउल क्यास्त्रोको कारण सिर्जना भएको समास्या होइन । यो त साम्राज्यवादको विश्वब्यापी समस्याको एउटा भाग हो । त्यसकारण अमेरिकी साम्राज्यवादी शासकहरुको यस किसिमका हर्कतका विरुध्द बोल्नु संसारभरीका स्वाभिमानी नागरिकहरुको कर्तब्य हो । अमेरिकी साम्राज्यवाद मुर्दावाद ।