• जेष्ठ २८ २०८२, मंगलवार

काठमाडौँ जिल्ला अदालतमा बिचौलियाको चलखेल बढेको गुनासो आएपछि प्रधानन्यायाधीशको छड्के अनुगमन

जेष्ठ २७ २०८२, सोमबार

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आज जिल्ला अदालत काठमाडौँको आकस्मिक अनुगमन गरेका छन् ।

प्रधानन्यायाधीश राउतले न्याय परिषद्का कर्मचारीहरूको साथमा जिल्ला अदालतमा पुगेर निरीक्षण गर्नुका साथै सेवाग्राहीसँग कुराकानी गरेका हुन् ।

पछिल्लो समय काठमाडौँ जिल्ला अदालतमा बिचौलियाको चलखेल बढेको अनि सेवाग्राहीहरू मर्कामा परेको भनी गुनासो बढेको न्याय परिषद् स्रोतको भनाई छ ।

त्यही आधारमा प्रधान न्यायाधीश राउत काठमाडौँ जिल्ला अदालत पुगेका हुन्