• बैशाख १२ २०८२, शुक्रबार

वैशाख १२ गतेको त्यो भयानक महाभूकम्पको आज १० वर्ष

बैशाख १२ २०८२, शुक्रबार

काठमाडौं ।  वैशाख १२ गते आजकै दिन ठूलो भूकम्प गएको १० वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । भूकम्पमा परी करिब ९ हजार व्यक्तिको मृत्यु भएको थियो भने हजारौँ निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै पुरातात्विक सम्पदा क्षतिग्रस्त भएका थिए ।

पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।