काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा सडकमा गुड्दै गरेको बसमा आगलागी भएको छ ।
चन्द्रागिरी नगरपालिका–१५ स्थित पिपलबोटको मूल सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार सडकमा गुड्दै गरेको बसमा आगलागी हुँदा बस पूर्णरुपमा क्षति भएको छ । उनका अनुसार यात्रु भने सकुशल रहेका छन् ।
बसको इन्जिनमा एक्कासी आगो लागेपछि यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए । सावधानी अपनाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, प्रहरी र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिएको हो ।