• बैशाख ११ २०८२, बिहीबार

कञ्चनपुरमा बेहोस भेटिएका वडाध्यक्षले विष सेवनका कारण मृत्यु

बैशाख ११ २०८२, बिहीबार

वैशाख ११, काठमाडौं । कञ्चनपुरमा बेहोस अवस्थामा भेटिएका वडाध्यक्षको मृत्यु भएको छ । बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर विष्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माका अनुसार वडाध्यक्ष विष्ट बुधबार दिउँसो बेदकोट तालनजिक बेहोस अवस्थामा भेटिएका थिए । ‘उपचारका लागि विष्टलाई महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको थियो,’ प्रहरी निरीक्षक शर्माले भने, ‘उपचारकै क्रममा बुधबार राति मृत्यु भएको छ ।’

प्रहरी निरीक्षक शर्माका अनुसार वडाध्यक्ष विष्टको विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।