• बैशाख ९ २०८२, मंगलवार

बुटवलमा २९ वर्षीय अविवाहित युवतीमाथि गोली प्रहार

बैशाख ६ २०८२, शनिबार

६ वैशाख, बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल–११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।

पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गरेकी थिइन् । रुपन्देही एसपी रञ्जित सिह राठौरले ९ः३० बजेतिर मोटरसाइकलमा आएका युवाले २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार गरेको बताए ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।