१ वैशाख, काठमाडौँ । प्रहरीले सिराहाको लहान नगरपालिका–७ बाट लागुऔषध खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ घर भएका २९ वर्षीय अक्षय कुमार यादव छन् ।
आरोपीको साथबाट ६ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । लागुऔषध सहित पक्राउ परेका यादव मधेश प्रदेश–०१–००१ ह १८३२ नम्बरको सिटि रिक्सा चालक हुन् । उनले रिक्सामा राखेर लागुऔषध लैजाँदै गरेको अवस्थामाा पक्राउ परेका हुन् ।