• चैत्र ३० २०८१, आईतवार

कपिलवस्तुबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

चैत्र २९ २०८१, शनिबार

३० चैत, काठमाडौं । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका–१ बैरियाका गंगाराम थारुलाई बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाश थारुको लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा खानतलासी गर्दा गंगारामको घरमा बन्दुक फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।