काठमाडौं । बुधबार साँझदेखि देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा गराइरहेको प्रणाली शनिबारदेखि भने केही कमजोर हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्।
महाशाखाका अनुसार शुक्रबार कोशी र मधेशलगायत बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना छ। बाँकी क्षेत्रका थोरै ठाउँमा वर्षा हुने मौसमविद् गोविन्द झाले जानकारी दिए।
मौसमविद् झाका अनुसार शनिबार भने मुलुकका धेरैजसो ठाउँमा मौसममा सुधार हुनेछ। तर, कोशीका पहाडी र बाँकी क्षेत्रका एक–दुई ठाउँमा वर्षा हुने अनुमान गरिएको छ।