• बैशाख ५ २०८२, शुक्रबार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागीर खाएको आरोपमा रावलविरुद्ध मद्धा दायर

चैत्र २७ २०८१, बिहीबार

काठमाडौँ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा सहायक तह–५ (प्राविधिक) मा कार्यरत कर्मचारी प्रेमबहादुर रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार रावलले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडिएट एजुकेशन यु.पी.) बाट हाइस्कूल परीक्षा उत्तीर्ण गरेको भनी झुटो प्रमाणपत्र प्रस्तुत गरेका थिए ।

सोही नक्कली प्रमाणपत्रका आधारमा उनले कम्पनीमा स्टोर सहायक तह–४ (प्रा.) मा नियुक्ति लिई पछि बढुवा भई प्रमुख स्टोर सहायक तह–५ (प्रा.) पदको सुविधा प्राप्त गरेका थिए ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन विपरीत देखिएकोले रावलविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार कैद र जरिवानाको मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।