• बैशाख ५ २०८२, शुक्रबार

कैलालीमा हायसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

चैत्र २६ २०८१, बुधबार

चैत २७, काठमाडौं । कैलालीमा हायसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जानकी गाउँपालिका– ५ अमौरामा हायसले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी ४४ वर्षीया किहरु बडुवालको ज्यान गएको हो । साइकल चलाइरहेका उनका श्रीमान् ५५ वर्षीय मानबहादुर बडुवाल घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीका अनुसार घाइतको नेपालगञ्जमा उपचार भइहेको छ । टीकापुरबाट लम्कीतर्फ गइरहेको सु प प्र ०१–००१ ज १५९८ नम्बरको हायसले साइकलमा लम्कीतर्फ गइरहेका दम्पतीलाई ठक्कर दिएको हो ।