• बैशाख ४ २०८२, बिहीबार

तीनकुने घटनामा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ

चैत्र २५ २०८१, मंगलवार

चैत २६, काठमाडौं । प्रहरीले १५ चैतमा तीनकुनेमा प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनीमा संलग्न भएको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही कबिलासी–६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई काठमाडा–३१ बस्ने १९ वर्षीय सुमन कार्की छन् ।

त्यस्तै, बर्दिया बारबर्दिया– २ जोहिगाउँका ३४ वर्षीय हेमराज थारू, धादिङ सिद्दलेख– ४ का २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेको नमोबुद्ध नगरपालिकाकी ३० वर्षीया अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोक बाह्रबिसेका ३० वर्षीय कुमार तामाङ पक्राउ परेका छन् ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।