• पुष १२ २०८१, शुक्रबार

रोल्पाका ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुष ११ २०८१, बिहीबार

११ पुस, काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुढाथोकीले सवारी साधनलाई आवतरजावत गर्न सहजीकरण गरिदिए वापत घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।