• पुष ९ २०८१, मंगलवार

घुम्न गएका १३ जना व्यक्ति बेपत्ता , खोजी सुरु

पुष ८ २०८१, सोमबार

८ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फुलचोकी जंगलबाट १३ जना व्यक्ति हराएका छन् । सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि अहिले खोजी कार्य थालिएको छ । ललितपुरका एसएसपी शेखर खनालका अनुसार स्थानीयको सहयोगमा प्रहरी परिचालन गरेर हराएका व्यक्तिहरूको खोजी कार्य चलिरहेको छ ।

‘१३ जना व्यक्ति हराएको सूचना आएको छ,’ एसएसपी खनालले अनलाइनखबरसँग भने, ‘लगत्तै हामीले इन्सपेक्टरको कमाण्डमा टोली खटाएका छौं ।’ फूलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो ।