८ पुस, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम खेलपछि जनकपुर बोल्टस्का समर्थकमाथि भएको कुटपिट तथा गरिएको दुव्र्यवहारको विरोधमा जनकपुरका युवाहरूले गृहमन्त्रीको पुत्ला जलाएका छन् । सोमबार जनकपुरका युवाहरूले भानुचोकमा गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका हुन् । उनीहरूले गृहमन्त्रीविरूद्ध नाराबाजीसमेत गरेका थिए ।
शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो । कुटपिटपछि मधेशी आयोगलगातयमा उजुरी परेपछि प्रहरीले क्रिकेट मैदान बाहिर युवकमाथि कुटपिट गरेको घटनाबारे छानबिन थालेको छ ।