• पुष ४ २०८१, बिहीबार

सप्तरीमा न्याय खोज्दै हिडेकी पीडितलाई ज्यान मार्ने धम्की

पुष ४ २०८१, बिहीबार

४ पुष, सप्तरी। सप्तरीमा छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरुमाथि कारबाहीको माग गर्दा एक महिलालाई ज्यान मार्ने धम्की आउन थालेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका(१ कविलासा बस्ने ५५ वर्षीया चन्द्रदेवी साहलाई छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरुमाथि कारबाहीको माग गर्दा विपक्षी आरोपीका आफन्तबाट ज्यान मार्ने धम्की आउन थालेको हो । गाउँमा बस्न असुरक्षित भएको भन्दै बिहीबार राजविराज आइपुगेकी उनी गाउँमा सुरक्षित बस्ने वातावरणका लागि पहल गरिदिन सञ्चारकर्मीहरुसँग याचना गरेकी छिन् ।

साहका १९ वर्षीया छोरी सन्तोषीको हत्या र १७ वर्षीय छोरा आशिषलाई तीन वर्षअघि बेपत्ता पारिएको थियो । तीन वर्ष पुरानो घटनाका आरोपी मध्येका एक सोही वडाका नव निर्वाचित वडाअध्यक्ष धिरेन्द्र कुमार साहलाई प्रहरीले पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका साह यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष सप्तरी जिल्ला अदालतबाट १०१० दिन गरी दुई पटक म्याद थप गरी साहमाथि अपहरण तथा शरीरबन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘पक्राउ परेका साह र अन्य फरार प्रतिवादीका आफन्तबाट दिनहुँ जसो मुद्दा फिर्ता नलिए ज्यानै लिने धम्की आउन थालेको छ’ उनले रुदै भनिन, ‘प्रतिवादी आफन्तहरु खेतमा, बजारमा र घरमा जहाँ पनि पुगेर मुद्दा फिर्ता नलिए तेरो अवस्था पनि छोरी र छोरा आशिष जस्तै पारिदिन्छु भन्दै धम्क्याउन थालेको छ ।’

यसबारे इलाका प्रहरी कार्यालय कल्याणपुरमा बिहीबार नै पुगेर प्रहरी अधिकारीहरुलाई धम्कीबारे जानकारी गराइएको बताउँदै कतैबाट सहयोग नपाएपछि आफू गाउँ छोड्न बाध्य हुने उनको भनाइ छ । गत २०७९ साउन १७ मा भएको घट्नामा सन्तोषीको अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका अपराध गरेको आरोपमा साह सहित अन्य केही व्यक्ति माथी जाहेरी परेको र अन्य आरोपीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।