सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको स्रेस्तेदार राजन खनालले सेतोपाटीलाई जानकारी दिए ।
लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरी कास्की लगेको थियो । लामिछानेसहित ५१ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको छ। सरकारी वकिल कार्यालय कास्कीले यसको अभियोजन गरिरहेको छ ।यो चार दिने म्यादभित्रै अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।