• जेष्ठ २८ २०८२, मंगलवार

अमेरिकी विद्यालयमा १५ वर्षीया किशोरीले गोली चलाउँदा दुई जनाको मृत्यु

पुष २ २०८१, मंगलवार

अमेरिकाको म्याडिसनस्थित एक विद्यालयमा १५ वर्षीया किशोरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शिक्षक र एक विद्यार्थी छन् । हमलामा अन्य ६ जना घाइते भएकोमा उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

सोमबार घटना भएलगत्तै प्रहरी विद्यालयमा पुग्दा आक्रमणकारी किशोरी पनि मृत भेटिएकी थिइन् । प्रहरीले पीडित वा आक्रमणकारीका बारेमा थप जानकारी नदिएको बीबीसीको समाचारमा उल्लेख छ । म्याडिसनका प्रहरी प्रमुख शान बन्र्सले घटनास्थलबाट एउटा ह्यान्डगन बरामद गरिएको जानकारी दिए । अमेरिकामा महिलाले बन्दुक आक्रमण गर्नु दुर्लभ मानिन्छ ।