नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छिन् । मंगलबार बिहान सकिएको मतगणना अनुसार प्रतिद्वन्द्वी शेबहादुर मल्ललाई ४४ मतले पराजित गर्दै मलासी अध्यक्षमा निर्वाचित भएकी हुन् ।
अध्यक्षमा निर्वाचित मलासीले २१५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी मल्लले १७१ मत पाए । त्यसैगरी, उपाध्यक्षमा खगेन्द्र बडैला, सचिवमा पदमराज भट्ट, खुला उपसचिवमा डम्बरसिंह डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् ।