• असार २५ २०८१, सोमबार

सरकार संकटमा पर्दा डीआईजी पोखरेलले गुमाए एआईजी हुने अवसर

असार २२ २०८१, शुक्रबार

काठमाडौं । सत्ता समीकरणमा आएको फेरबदलसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले दुई दिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुने अवसर गुमाए ।

यही १० असारमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि उनको बढुवा रोकियो ।

दुई दिनका लागि भए पनि एआईजी हुने अवसरनजिकैबाट उनले उमेर हदका कारण बिहीबार रातिदेखि (डीआईजी)कै रूपमा अवकाश पाएका छन् । एमाले र कांग्रेसबीच तालमेल भई वर्तमान सरकार संकटमा नपरेको भए उनले असार १९ र २० गते एआईजी हुने अवसर पाउँथे ।