• जेष्ठ ३ २०८३, आईतवार

मधेशमा हावाहुरीको सम्भावना, आज कुन प्रदेशको कस्तो मौसम ?

जेष्ठ २५ २०८१, शुक्रबार

२५ जेठ, काठमाडौं । देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बागमती र गण्डकी प्रदेशका केही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले आज मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको उल्लेख गरेको छ । त्यसबाहेक कोशी, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ भने यी प्रदेशका केही पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना पनि छ ।