• जेष्ठ ४ २०८३, सोमबार

स्रोत नखुलेको करिब सात लाख रुपैयाँसहित एक युवक पक्राउ

बैशाख ३० २०८१, आईतवार

काठमाडौं । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अनिस राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

उनका अनुसार भारतबाट प्र.२–०२–००४प ७१६७ नंको मोटरसाइकलमा चढी पिठ्युँमा झोलामा बोकी मटिहानी हुँदै जनकपुरतिर जाँदै गरेका राइनलाई मटिहानी–७ स्थित पुल नजिकै खटिएको प्रहरीले शंका लागेर जाँच गरेको थियो ।

त्यस क्रममा उनको झोलाबाट स्रोत नखुलेको ६ लाख ६८ हजार पाँच सय बरामद गरिएको हो । प्रहरीले राइनलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाएको छ ।